लोमान्थाङ निस्कियो नेपाली युवा उद्यमी मञ्चको टोली

पाेखरा | कात्तिक १७, २०७९

लोमान्थाङ निस्कियो नेपाली युवा उद्यमी मञ्चको टोली

पोखरा : आन्तरिक पर्यटन पर्वद्धन गर्न नेपाली युवा उद्यमी मञ्च चार दिने मोटर र्‍यालीसहित पोखरा-मुस्ताङ भ्रमणमा निस्किएको छ । 

 

कोभिड १९ पछि सुस्ताएको पर्यटन उकास्ने र आन्तरिक पर्यटनको प्रवद्र्धन गर्ने उदेश्यसहित देशभरबाट १७ वटा गाडीमा ६० जना युवाहरुको टोली आज (बिहिबार) मुस्ताङ भ्रमणमा निस्किएको हो ।

 

नेपाली युवा उद्यमी मञ्च एनवाईईएफ पोखराको अध्यक्ष सुयश मल्लका अनुसार उक्त टोली उपल्लो मुस्ताङ हुदै कोरला नाकासम्म पुग्नेछ ।

 

‘कोभिड १९ पछि मुस्ताङको भ्रमणमा जानेको संङ्ख्या कमी जस्तै भएको छ, उनले भने, ‘कोरोनापछि सुस्ताएको पर्यटन उकास्ने, आन्तरिक पर्यटनको प्रवद्र्धन गर्ने, मुस्ताङको कोरला नाका,लोमान्थाङ, मार्फा र जोमसोम लगायतको ठाउँहरुको प्रवद्र्धन गर्ने गरी चार दिनको भ्रमणमा निस्किएका छौं ।’ 

 


उनले स्थानीय उत्पादनको प्रवद्र्धन गर्ने, कोरला नाकाबाट गर्न सकिने व्यापार व्यवसायका सम्भावनाको अध्ययन गर्ने, शाहसिक खेलकुद (एडभेञ्चर स्पोर्टस) को प्रवद्र्धन गर्ने उदेश्यसहित कार्यक्रम आयोजना गरेको बताए ।

 

‘स्थानीय पर्यटनको लागि सँगै’ भन्ने उदेश्य राखेर एनवाईईएफ पोखराको समन्वयमा देशभरका ६० युवाहरुको समूहमा १७ गाडीमा पोखरा– लोमान्थाङ मोटर र्‍यालीमा निस्किएका छौं, मल्लले भने,  ‘२००३ सालमा स्थापित एनवाईईएफले युवा उद्यमी उत्पादन गर्ने, युवाहरुलाई प्लेटफर्म दिने, युवाहरुलाई उद्यमशीलतातर्फ लाग्न प्रेरित गर्ने संस्थाको उदेश्य लिदैं आएका छौं ।’

 

एनवाईईएफले यसभन्दा अघि बर्दियामा मोटर र्‍यालीको आयोजना गरिसकेको छ ।

बैतडीः  आसन्न निर्वाचनलाई  मध्यनजर गर्दै भारतसँग जोडिएको बैतडीको सीमानाका झुलाघाट तीन दिन बन्द हुने भएको छ । मतदान हुनुभन्दा ७२ घण्टा पहिलादेखि सीमानाका बन्द हुने प्रमुख जिल्ला अधिकारी कृष्ण था...

थप पढ्नुहोस्

गोरखाः चट्याङ लागेर गोरखा बुंकोटमा एक जना बालिकाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । आज दिउँसो ४ बजेतिर परेको चट्याङ लागेर सहिद लखन गाउँपालिका–८ बुंकोटकी १२ बर्षीया दिलिशा घर्ती मगरको मृत्य...

थप पढ्नुहोस्

काठमाडौंः  फरक राजनीतिक दल वा उम्मेदवारलाई निर्वाचन प्रचारप्रसारमा कुनै अवरोध गरेको पाइए रु दुई लाख बराबरको जरिवाना हुने भएको छ । सङ्घीय कानुन बमोजिम निर्वाचनको प्रचारप्रसार गर्न वा मतदानको अधिकार...

थप पढ्नुहोस्